सेल्फि खिच्न जदाँ भिरबाट लडेर मृत्यु

ओखलढुंगा, २८ मङ्सिर । सेल्फी खिच्न जादाँ भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ओखलढुंगामा बुधबार दिउँसो सेल्फी खिच्ने क्रममा सिद्धिचरण नगरपालिका ४ को स्थित रुम्जाटार भिरबाट लडेर भारत बिहार अत्तरदह घर भएका ४० वर्षका राजु दाशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
दाश भारतबाट मजदुरीका लागी ओखलढुंगाको रुम्जाटार आएका थिए । भिडबाट झन्डै २ सय मिटर तल खसेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
भेटनरी स्कुलको निर्माणको काम गर्दै आएका दाश खाजा खाने समयमा फोटो खिच्न भिडतिर लागेका थिए ।