पुरानो मेडिकल कलेजद्धारा प्रहरीलाई मापेस जाचँ गर्ने ब्रेथलाईजर हस्तान्तरण (भिडियो)

चितवन, २७ मंसिर । चितवनका नयाँ उच्च प्रविधिको मापसे चेकजाचँ मेसिन भित्रिएको छ । जिल्लामा रहेको मापेस चेकजाचँ गर्ने मिसिने बिक्रिएका कारण मापसे चेकजाचँका समस्या भएको भन्दै चितवनमा हा गरेर थाहा पाउने मादक पदार्थ सेवन गरेको पत्ता लगाउने मिसिन भित्रिएको हो ।

 


कलेज अफ मेडिकल साईन्सेज  शिक्षण अस्पताल  भरतपुरले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत जिल्ला टफिक प्रहरी कार्यालय चितवनलाई ब्रेथलाईजर मेसिन हस्तान्तरण गरेसगौ जिल्लमा फेरि चेकजाचँ हुने भएको हो ।
मेडिकल कलेजमै एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापालाई २ थान ब्रेथलाईजर मेसिन अस्पतालका प्रवन्ध निर्देशक डा शु प्रभात श्रेष्ठले हस्तान्तरण गरेका थिए ।


हस्तान्तरण समाहरोहमा बोल्दै डा श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्र्तगत उच्च मेसिन हस्तान्तरण गरिएको बताए । यो मेसिनले तत्कालै रिपोर्ट दिने हुदाँ मेडिकल चेकजाचँ गर्नु पर्ने बाध्यता समेत हटेको उनले बताए । साथै मेसिनले मापोसे नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई थियो ।
सो अवसरमा बोल्दै चितवनका प्रहरी प्रमुख दिपक थापाले प्रबिधि मैत्री प्रहरी अभियान सन्चालन गर्न ब्रेथलाईजर मेसिन प्रभावकारी बन्ने भनाई थियो । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले मेसिनले मापोसे चेकिगंमा निकै ठुलो सहयोग पुग्ने बताए ।उनले यस अघि ब्रेथलाईजर मेसिन नहुदा समस्या भएको र अबबाट सहजता हुने बताए ।

कलेज अफ मेडिकल साईन्सेज  शिक्षण अस्पताल  भरतपुरकी सुचना अधिकारी दुर्गा न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।सुअवसरमा उनले सामाजिक उत्तर दायित्वका लागि यस्ता सामाजिक कार्यहरुलाई निरन्तता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Promise Education Consultancy