यौन मनोविज्ञानमा बन्ने भयो गौरब र मरिश्काको ‘मिस्टर भर्जिन’

 

भीमसेन अधिकारी

काठमाडौँ, २७ मंसिर ।  आज बुधबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा फिल्म युनिट प्राय सबै उपस्थित भएका थिए । वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली को दोश्रो प्रस्तुतिका रुपमा निर्माण हुन लागेको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गर्न लागेका हुन् । भर्जिन पात्रहरुको यौन मनोविज्ञान र उक्त पात्रहरुको जिबनमा घट्ने रोचक कुराहरुलाई हास्य,ब्याङ्य र मनोरन्जनको कथामा ‘मिस्टर भर्जिन’ नामक चलचित्र निर्माण हुने भएको छ ।

फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ । फिल्मको बारेमा बोल्दै फिल्मका लेखक महेश दवाडीले ‘फिल्म सेक्स मनोविज्ञानमा बनेको तर सेक्स भने नभएको बताएका थिए ।

नायक गौरब पहारी, र नायिका मरिश्का पोखरेलको मुख्य भूमिकामा बन्न लागेको चलचित्रलाई खिलेन्द्र तिमल्सिना,प्रजापति शिवाकोटी,मुकेश रेग्मी र निर्देशक विशारद बस्नेतले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । पुषको पहिलो साताबाट छायांकन सुरु हुने भनिएको फिल्मको ठमेल र काठमान्डौ आसपासकै ठाउहरुमा छायांकन हुने निर्माण युनिटले बताएको छ ।

फिल्ममा गौरब र मरिश्काको संगै भोलाराज सापकोटा,कमलमणि नेपाल.बिजय बराल,रबिन्द्र झा,लोकेन्द्र लेखक,कमल गाउले,रामचन्द्र अधिकारी लगायत अन्य कलाकारहरुको अभिनय रहने छ ।

Chat Conversation End

Promise Education Consultancy