फेसबुकमार्फत चिनजान गरी युवतीसंग २१ लाख ठगी गर्ने संगितकार पक्राउ

काठमाडौँ,२७ मंसिर ।  फेसबुकमार्फत युवतीहरुसँग चिनजान गरी ठगी गर्ने सिन्धुपाल्चोकका तुल बहादुर तामाङ पक्राउ परेका छन् । बिदेशी पठाइदिने भन्दै पैसा लिएर उनले ठगी गर्दै आएका छन् ।
तामाङ संगितकार पनि हुन् । आफु सेलिब्रेटी भएको भन्दै विभिन्न व्यक्तिहरुलाई प्रभावमा पारेर उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनलाई गत साता पक्राउ गरेको हो ।
प्रहरीका एक  संखुवासभामाकी मनमाया गुरुङसँग उनको फेसबुकमा चिनजान भएको थियो । गुरुङसँग प्रेमको नाटक गरे ।
तिनै  गुरुङकै भाईहरु राजेश गुरुङ र कैलाश गुरुङलाई यूएस आर्मीमा पठाइदिने भन्दै उनले २१ लाख रुपैयाँ लिएका हुन् ।  पैसा ठगेपछि फेसबुक समेत बन्द गरेर उनी फरार भएका थिए । फरार रहेका लामालाई २४ गते पक्राउ गरिएको महाशाखाका एसपी उमाशंकर पञ्जियारले बताए । उनी गत वर्ष साउनमा पनि ठगीकै आरोपमा पक्राउ परेका थिए । सो मुद्दामा धरौटीमा छुटेका उनले फेरी ठगी धन्दा सुरु गरेका हुन् । उनले अरुलाई पनि ठगेको हुनसक्ने प्रहरी आशंका छ । उनले तामाङ ‘लेकाली  शेपिर्नी’ लगायतका गीतमा संगित पनि भरेका छन् ।
आफु कलाकार भएको परिचय दिएर उनले ठगी गर्दै आएका हुन् । कलाकार भनेपछि युवती आकर्षित हुने र प्रेमको नाटक गरी उनीहरुकै आफन्तलाई ठग्ने गरेका हुन् ।