के तपाई तातो पानीले नुहाउनुहुन्छ ?,यस्ता छन् तातो पानीले नुहाउदाँ हुने बेफाइदा

काठमाडौं, २७ मंसिर। प्राय जसो हामी जाडोमा तातो पानीले गर्छौ । तर पानी ३२ डिग्री सेल्सियसभन्दा बढी भयो भने छाला र कपाललाई हानि पुग्छ । छालारोग विशेषज्ञ अपूर्व जैनले धेर तातो पानीले नुहाउँदाका बेफाइदाका बारेमा चर्चा गरेका छन् ।

-तातो पानीले नुहाउँदा छालामा रातोपना, –याशेज र एलर्जीको समस्या हुन्छ । तातो पानीले छालालाई सुक्खा बनाउँछ । त्यसबाट छालाको संक्रमणको खतरा बढ्छ ।

-यसले कपालमा खराब असर पार्छ । कपालको मोइस्चर कम हुन्छ र कपाल रफ तथा ड्राई हुन्छ ।

-तातो पानीका कारण छालाको सुक्खापन बढ्छ र चिलाउने समस्या आउँछ ।

-तातो पानीले नुहाउँदा आँखा सुक्खा हुन्छ । आँखा रातो हुने, चिलाउने र पानीबाट आँसु बग्ने समस्या आउँछ ।

-तातो पानीले तालुलाई सुक्खा बनाउँछ । यसले चायाँ ल्याउन सक्छ ।

-तातो पानीले हात र गोडाका नङमा खराब असर पार्छ । नङ भाँचिने, संक्रमण हुने र नङवरिपरिको छाला फाट्ने समस्या आउँछ ।

-तातो पानीले छालाको कोषिका क्षतिग्रस्त बनाउँछ । समयअगावै चाउरी पर्न थाल्छ ।

-तातो पानीका कारण रौं झर्ने र टुक्रिने समस्या आउँछ ।

तातो पानीले छालाको चमक गायब बनाइदिन्छ ।  एजेन्सी

Promise Education Consultancy