चितवनकाे माडीमा प्रचण्डकाे विजयी यात्रा

चितवन ( माडी ) २७, मंसिर । माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणि बनाएर छाड्ने बताउनुभएकाे छ । विजयी यात्रा सहित मतदातालाई धन्यवाद दिन माडी पुग्नुभएका अध्यक्ष दाहालले बसन्तपुर बजारमा मतदातालाई संवाेधन गर्दै माडीलाई मणि बनाउने अभियानमा अाफुलाई मत दिएर जिताउने माडीका मतदातालाई धन्यवाद दिनुभयो ।

माडीको विकास कसैले चाहेर पनि अब राेक्न नसक्ने भन्दै अध्यक्ष दाहालले माडीबासीकाे चाहना छिट्टै पूरा गर्ने प्रतिवद्वता जनाउनुभयाे । प्रतिनिधि सभाकाे निर्वाचनमा निर्वाचित भएपछि माअाेबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अाफुलाई मत दिएर जिताउने मतदातालाई धन्यवाद दिन अध्यक्ष दाहाल विजयी यात्रा सहित माडी पुग्नुभएकाे हाे । माडीको बगई खाेलादेखि बरूवा बजार सम्मका मतदातालाई भेटेर धन्यवाद दिने कार्यक्रम छ । दाहाललाई बधाई दिन स्थानीयहरू चाेक चाेकमा जम्मा भएका छन् ।

अध्यक्ष दाहाललाई फुलको माला सहित अविर लगायर माडीका स्थानीयले शुभकामना दिईरहेका छन् । प्रचण्डकाे विजय यात्रालाई स्वागत गर्न बसेका स्थानीय लाई हात हल्लाउँदै प्रचण्डले अभिवादन गर्दै हिडिरहेका छन् । माडीको बरूवा बजारमा पुगेर पनि अध्यक्ष दाहालले संवाेधन गर्ने कार्यक्रम छ । अध्यक्ष दाहाल संगै चितवन क्षेत्र नं ३ बाट प्रदेश सभाका उम्मेदवार रामलाल महताे, कृष्ण प्रसाद भुर्तेल पनि विजयी यात्रामा सहभागी छन् ।

Promise Education Consultancy