रत्ननगरः मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते

चितवन, २७ मसिर । चितवनको रत्ननगरमा हिजाे राती १० बजे मोटर साईकल दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–६ को सेन्टरपार्क नजिकै आज साँझ ना ४० प ६७२९ नम्बरको मोटरसाईकलले बाटोमा हिडिरहेका पैदल यात्रीलाई ठक्कर दिई अनियत्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाईकलमा सवार १८ वर्षकी ईनु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटर साईकल चालक र पैदल यात्री दुवै जना घाईते भएका छन् । घाईते सुसन गुरुङ र किशोर महतोको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार भईरहेको छ ।

Promise Education Consultancy