ईँट्टा भट्टमा पुरिएर एक जनाको मृत्यु

चितवन, २७ मंसिर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोक स्थित बि.के. ईँट्टा उद्योगमा पुरिएर एक जनाको मृत्यु भएको छ । उक्त ईँट्टा उद्योगमा पुरिएर अन्य आठ जना कामदार घाइते भएका छन् ।
मंगलबार दिउँसो करिब ४ बजे ईँट्टा तयार गर्ने राउण्डमा काम गर्ने क्रममा राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको हो । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटना लगत्तै घाइतेहरुलाई चितवनको भरतपुर स्थित नारायणी सामुदायिक अस्पताल पु¥याइएको थियो ।
घाइते भएकाहरु कालिका नगरपालिका सूर्यपुरकी कान्छीमाया बोमजन, कालिका–३ की निर्मला थिङ, कालिका–१ की सरिता बोमजन, रोल्पा घर भएका रिमा बुढामगर, भुपबहादुर पुन, दिलबहादुर क्षेत्री, दिपा पुन र भारत बिहार घर भएका अब्दुल रहिमको नारायणी सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ईँट्टा भट्टामा मजदुरहरु पुरिएपछि तत्कालै एक्साभेटरले खनेर उद्धार गरिएको उद्योगका सञ्चालक श्यामकृष्ण महर्जनले जानकारी दिए ।
सो ईँट्टाभट्टामा केही वर्ष अगाडि पनि राउण्डको आगोमा परि १ जनाको मृत्यु भएको तथा चट्याङ लागेर पनि एक जना मजदुरहरुको मृत्यु भएको थियो । २५ वर्ष पहिले सञ्चालनमा आएको उक्त उद्योगमा करिब दुई सय ५० जना कामदार कार्यरत रहेका छन् ।

Promise Education Consultancy