रत्ननगर महोत्सव २०७४ को तयारी तीब्र

चितवन(रत्ननगर), २६ मंसिर । उद्योग बाणिज्य संघको आयोजनामा हुने रत्ननगर महोत्सव २०७४ को तयारीलाई तीब्र पारिएको छ । आगामी पौष २७ देखि माघ ७ गते सम्म रत्ननगरको टिकौली चौरमा हुने महोत्सवलाई प्राभावकारी बनाउन तयारी तीब्र पारिएको हो ।

महोत्सवको स्टल निर्माण र प्रचारप्रसारका काम तीब्र रुपमा भईरहेको संघले जनाएको छ । प्रत्येक दुई दुई वर्षमा हुने सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य रहेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला,संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने करिव ४५० वटा स्टल रहने छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । महोत्सवमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई प्राथमिकता दिईएको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजन प्रदर्शनको व्यवस्था गरिने छ । माछा, केरा, तरकारी तथा फलफुल, च्याउ, पोल्ट्रीका छुट्टा छुट्टै परिसर हुनेछन । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी,अन्र्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी पनि संचालन गरिने छन् । महोत्सवमा माछाको पोखरीका साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई पनि प्राथमिकतामा राखिएको छ । माछापालन व्यवसायको प्रर्वद्धनको लागि महोत्सवमा माछाको भूराको प्रर्दशनी,अत्याधुनिक माछासहितको पोखरी,माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु, चेतनामुलक सामाग्री, श्रव्यदृश्य तथा सेमिनार गरिने छ ।
महोत्सव अन्तर्गत माघ २ गते देखि ६ गते टाँडी चोकमा फुड फेष्टिवल गरिने छ । पाँच दिन सम्म चल्ने सो फुड फेष्टिलमा बंगुरपालन व्यवसायहरुको प्रवद्र्धनका लागि बंगुरसंग सम्वन्धित मासुका परिकार राखिने संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

Promise Education Consultancy