निखिल र साराको ‘पिजडा ब्याक अगेन’को ट्रेलर सार्बजनिक ( ट्रेलरसहित)

भीमसेन अधिकारी

काठमान्डौ २६ मंसिर । आज मंगलबार राजधानीमा एक कार्यक्रमका बीच द्वन्द निर्देशक हिमाल केसी निर्देशित फिल्म ‘पिजडा ब्याक अगेन’को ट्रेलर सार्बजनिक गरिएको छ । कार्यक्रममा नायिका सारा श्रीपाली, निर्देशक हिमाल केसी,वितरक गोपालकाजी लगायत फिल्म युनिटको उपस्थिति रहेको थियो ।

उता नायक निखिल उप्रेती भने कार्यक्रममा उपस्थित भएका थियनन् । सार्बजनिक ट्रेलरमा माया, प्रेम ,बिछोड र एक्शनलाई देखाइएको छ । दर्शकहरुले मन पराईदिनुहुनेछ भन्नेमा ढुक्क छु । नायक निखिल उप्रेतीलाई उनको पहिलो चलचित्रकै अन्दाजमा नया तरिकाले प्रस्तुत गरिएको छ । २० बर्ष अगाडिको चलचित्र ‘पिंजडा’को सिकोयल चलचित्रको रुपमा निर्माण गरिएको फिल्म ‘पिजडा ब्याक अगेन’को बारेमा बोल्दै निर्देशक केसीले ‘आफुहरुले फिल्मलाई राम्रो बनाउने प्रयास गरेका छौ,दर्शकहरुले मन पराईदिनुहुनेछ भन्नेमा ढुक्क छु ।’

मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा निखिल उप्रेती , सारा श्रीपाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठको पनि अभिनय रहेको छ ।सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल रहेका छन् । सौरभ लामाले खिचेको फिल्मलाई रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीले निर्माण गरेका हुन्

Promise Education Consultancy