जित्न बित्तिकै मतदाताको घर घरमा पोखरेल, मतदाताद्वारा भव्य स्वागत (फोटो सहित)

महोत्तरी, २६  मंसिर ।  महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ बाट बिजयी माननीय मन्त्री गिरिराजमणि पोखरेलले आज पनि घरदैलो अभियानलाई निरन्तरता दिनुभएको छ । जित्ने बित्तिकै हिजो देखि नै मतदाताको घर-घरमा पुगेर मन्त्री पोखरेलले मतदातालाई आभार व्यक्त गर्नुभएको छ । महोत्तरी-१ बाट प्रतिनिधि सभामा अत्याधिक मतले बिजयी गराएको भन्दै पोखरेलले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गर्नुभएको हो ।

मतदाता सङ्गको प्रत्यक्ष भेटमा उहाले चुनावको बेला आफुले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समग्र महोत्तरीको विकासको निम्ति निरन्तर कृयाशिल रहने वाचा गर्दै पोखरेलले जनतको सुखदुःखमा सधै साथमा रहने बताउनुभयो । हिजो महोत्तरीको सदरमुकाम जलेश्वरबाट शुरु भएको बिजय र्याली एवम् घरदैलो कार्यक्रमले आज पनि निरन्तरता पाएको छ । आज बर्दिबासबाट शुरु भएको घरदैलो कार्यक्रम गौशाला नगरपालिकाको विभिन्न वडामा पुगेर मन्त्री पोखरेलले मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । घरदैलोको क्रममा गौशाला नगरपालिकाको ढल्केवर, भ्याण्टाबारी, रामनगर, गौशला, निगौल, रजखोर र जिरो माइल लगायतका टोल टोलमा पोखरेल पुग्नुभएको थियो ।

बाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले सङघिय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गर्दै महोत्तरी-१ को प्रतिनिधि सभामा बिजयी हुनुभएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवम् बिना बिभागिय मन्त्री पोखरेलले २३७७६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकतम प्रतिद्वन्दी महतोले १९४९२ मत ल्याउनुभएको थियो ।

घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा-१ को प्रदेश सभा-१ बाट बिजयी सारदादेवी थापा र प्रदेश सभा-२ बाट बिजयी भरतप्रसाद शाहलाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।

Promise Education Consultancy