गार्इको सुकुटीलार्इ जरायाको सुकुटी भन्दै बिक्री गरेपछि …

दाङ,२६  मंसिर  । दाङमा गाई काट्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।राजपुर गाउँपालिका वडा नम्बर ७ मा तीन वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षीय बिरबहादुर थापासहित सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा तीनजना महिला र चारजना पुरुष रहेका छन । पक्राउ पर्ने अन्यको नाम भने सार्वजनिक गरेको छैन । उनीहरुको साथबाट प्रहरीले एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ ।

गाई काटेर सुकुटी बनाउने र त्यसलाई जरायोको सुकुटी भनी बिक्री गर्ने गरेको बयानबाट खुलेको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिनुभयो । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको पनि सिंहले बताएको छ ।

Promise Education Consultancy