हेटौंडामा खुल्यो एक्सपर्टको २५ औं शाखा

हेटौंडा, २६ मंसिर । । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको नयाँ शाखा मकवानपुरको हेटौंडा आफ्नो २५ औँ शाखा विस्तार गरेको छ ।
अष्ट्रेलिया अध्ययन गर्न कसरी जाने भन्ने विषयमा अन्यौलमा रहेका मकवानपुरका विद्यार्थीहरु लाई लक्षित गरि मकवानपुरको हेटौंडास्थित पारिजात पथमा नयाँ शाखा सञ्चालनमा आएको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले २५ औं शाखा कार्यालयको शुभारम्भ गरेका हुन् । सो अवसरमा बोल्दै मेयर महतले मकवानपुरबाट उच्च शिक्षा हासिलका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई एक्सपर्ट भरपर्दो माध्यम बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री भट्टराईले हेटौंडामा शुभारम्भ भएको यस संस्थाले यहाँको शैक्षिक क्षेत्रमा सकरात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशनका निर्देशक खगराज संग्रौलाले २५ हजार भन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउन सफल कन्सलटेन्सी हेटौंडामा खुल्नु यहाँका विद्यार्थीहरुका लागि सहज हुने बताए ।
कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, नविन सिग्देल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । एक्सपर्टका निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिएभने कार्यक्रममा एक्सपर्ट हेटौंडाका निर्देशक घननाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच शाखा कार्यालय समुद्घाटन समारोहको अवसरमै सेमिनार समेत आयोजना गरिएको थियो । सेमिनारमा एक्सपर्ट अष्ट्रेलियाका सिईओ सन्जिव शर्माले अष्ट्रेलियाको शिक्षा र एक्सपर्टको विषयमा विद्यार्थीहरुलाई जानकारी गराए । सोही कार्यक्रममा मिस नेपाल २०१० की सदिक्षा श्रेष्ठ र सञ्चारकर्मी राधाकृष्ण (आरके) धितालले व्यक्तित्व विकास र बोल्ने कला बारे प्रशिक्षण दिएका थिईन् ।

Promise Education Consultancy