विजयीपछि जनताको घरदैलोमा प्रचण्ड

चितवन, २६ मंसिर । चितवन क्षेत्र नं ३बाट निर्वाचित पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदातालाई धन्यावाद दिन चुनाव प्रचार जस्तै घर–घर पुगेका छन् ।
आफुलाई मतदान गरि चुनाव जिताउने मतदातालाई धन्यावाद दिन प्रचण्ड घरदैलोमा निस्किएका हुन् । प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार प्रचण्ड आज र भोली क्षेत्र न ३ का जनताहरुको घरदैलोमा पुगनेछन् ।
काठमाडौँ जाने तयारी रहेका प्रचण्डले एकाएक कार्यतालिका परिवर्तन गरि घरदैलोमा पुग्ने निर्णय गरेको प्रचण्डले यस अघि सोमबार विज्ञप्ती जारी गर्दै मतदाताहरुलाई धन्यावाद दिइसकेका छन् ।