प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी निर्वाचित

कैलाली २६ मंसिर । प्रहरीको फरार सूचीमा रहेका राजपाका उम्मेदवार रेशम चौधरी  विजयी भएका छन् । वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएर उनी विजयी भएका हुन् ।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह ९गरिमा०ले १३ हजार ४०६ मतमात्र पाइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ छ ।

कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २ सय ३ छ ।

चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् । उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो घटनाका मुख्य योजनाकारका रुपमा प्रहरीले रेशमलाई लिएको छ । प्रहरीको फरार सूचीमा भए पनि रेशमलाल चौधरीले लुकीछिपी चुनावको प्रचार प्रशार गरेका थिए ।
प्रहरीको फरार सुचमिा रहेका चौधरी पक्राउ पर्ने डरले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिन समेत आएका छैनन् र

Promise Education Consultancy