विराट र अनुष्काको बिबाह भयो यसरी (फोटो फिचरसहित)

भीमसेन अधिकारी
चितवन  । इटालीमा उनै दूई सेलिब्रेटी प्रेम जोडी बिराट र अनुश्काको लगनगाँठो कसिएको छ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटालीको फ्लेरेन्स सहरमा विवाह गरेका हुन् ।
निकै लामो प्रेमसम्बध पछि अन्तत उनीहरुको लगनगाँठो कसिएको हो । समयसंयमा उनीहरुको ब्रेकअपको खबरहरुले पनि राम्रै चर्चा चल्ने गर्थ्यो तर हल्ला हल्लामै सिमित भएको छ । आफ्नो बैबाहिक समारोहको केहि तस्बिरहरु सार्बजनिक गर्दै विराटले आफ्नो ट्विटरमा भनेका छन् ‘ ‘आज हामीले एकअर्कासँग सधै साथमा रहने कसम खायौं ।
यो खबरलाई तपाईहरु माझ शेयर गर्न पाउँदा मलाई निकै खुसी लागेको छ । तपाईहरुको मायाले हाम्रो यो यात्रालाई अझ खास बनाइदिएको छ । एक दर्जन भन्दा बढी सफल चलचित्रमा अभिनय गरिसकेकी नायिका अनुष्का शर्मा र करिब एक दशक लामो भारतीय क्रिकेट जीवन बिताएर धेरै रेकर्डहरु ब्रेक गरिसकेका बिराट निकै लामो समयअघिदेखि प्रेम सम्बन्धमा छन् ।
लगभग उही समय बाट आफ्नो करिअर सुरु गरेका यी दुईले धेरै पटक बिभिन बिज्ञापनहरुमा एकापसमा स्क्रिन सेयर समेत गरिसकेका छन् । बिराट र अनुष्का दुवै आ-आफ्नो करिअरमा निकै मेहनत गर्छन नै यस अलवा पनि दुवै जना एक अर्काको करिअर प्रति निकै नजिक पनि छन् ।
प्राय अनुष्का आफ्नो फिल्मको छायांकन डेट मिलाएरै भने पनि बिराटका खेलहरु देश र देश बाहिर पनि हेर्न जाने गर्थिन भने बिराटपनि समय मिलेसम्म अनुष्काको हरेक चलचित्र हेर्ने गर्थे । अब झन् उनीहरु श्रीमान श्रीमती भैसकेका छन्, तसर्थ पनि एकअर्काको करिअर प्रति नजिक रहने देखिएको छ ।