विजयर्याली र जन्मदिन एकैदिन मनाउदैँ प्रचण्ड ( यस्तो छ तालिका)

चितवन, २६ मंसिर ।  चितवन क्षेत्र नं ३  प्रतिनिधिसभाबाट  विजयी भएका पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विजयी र्याली र जन्म दिन मनाउदैँछन् ।

कास्कीको ढिकुरपोखरीमा आजभन्दा ६४ वर्ष अघि जन्मिएका प्रचण्डले नेपाली राजनीतिमा उथलपुथलकारी परिवर्तनको नेतृत्व गरेका छन् । आज मंसिर २६ बाट ६३ वर्ष पुरा गरी ६४ वर्ष लागेका प्रचण्ड पछिल्लो बाव गठबन्धनका एक शिर्ष नेता समेत हुन् ।

आफ्नै गृहजिल्ला र क्षेत्रबाट पहिलोपटक चुनाव लडेर विजयी भएका प्रचण्डलाई सौराहा अनलाईनको तर्फबाट नयाँ कार्यकाल र जन्मदिनको शुभकामना !

यस्तो छ आजको कार्यक्रम
बिहान १० बजे शिवनगर क्षेत्रीय चुनाव परिचालन कार्यालय
_महेन्द्रचौक_फुलवारी_मंगलपुर_विजयनगर_रामपुर_चनौलि बजार_ज्योतिनगर_पर्साढाप_गोलाघाट_लेवरनगर_शुक्रनगर पार्वतिपुर_लाउरेचौक
भोलिको कार्यक्रम
माडी बगइ बाट ११बजे शुरुआत गरी बरुवा_जगतपुर_पटिहानी_गीतानगर_चोकबजार_गौरीगन्ज_साझा बस पार्क मा समाप्त।

Promise Education Consultancy