अदालतबाटै उम्कन्छन् कालो सूचीका कम्पनी,यी हुन कालो सुचीमा परेका कम्पनीहरु

काठमाडौँ, २६ मंसिर । काठमाडौं – मेची राजमार्गको आवधिक मर्मतको जिम्मा पाएको महादेव खिम्ती निर्माण सेवाले समयमै काम नगरेको र दुईपटक समय थप गर्दा पनि प्रगति न्यून भएको भन्दै २०७१ साउन ४ मा यसको ठेक्का तोडियो ।

विभिन्न तीनवटा प्याकेजमा करिब १० करोड रुपैयाँको ठेक्का पाएको यो कम्पनीसँग सडक विभागले २०६८ जेठ २० मा मेची राजमार्गको आवधिक मर्मतको ठेक्का सम्झौता गरेको थियो । उक्त ठेक्काको एउटा खण्ड दुई करोड २४ लाख ६२ हजार रुपैयाँ करबाहेकको थियो । ठेक्का लागेको तीन वर्षसम्म पनि कतै शुन्य प्रगति त कतै १०र१५ प्रतिशत मात्रै काम भएकाले उक्त ठेक्का तोडिएको तत्कालीन पूर्वाञ्चल सडक डिभिजन प्रमुख शिवहरि सापकोटाले बताए ।

ठेक्का तोडेपछि सडक विभागले अर्को कम्पनीमार्फत आवधिक मर्मत सकिसक्यो तर महादेव खिम्तीसँगको मुद्दा सकिएको छैन । ठेक्का तोडेपछि उचित क्षतिपूर्तिको माग गर्दै यो कम्पनी कानुनी उपचारमा गयो तर अर्को कम्पनीले काम गरिसक्दा पनि मुद्दाको टुंगो लागेको छैन ।

सडक विभागले ठेक्का सम्झौता तोडेका विभिन्न १५ वटा ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौ २२ मा तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सरकारले कालोसूचीमा राखेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नपाउँदै अदालतको आदेशले एकपछि अर्को कम्पनीले धमाधम कालोसूची फुकुवा पाइसकेका छन् ।
आजको अन्नपूर्णपोष्टमा खबर छ।

अदालतबाटै उम्कन्छन् कालो सूचीका कम्पनी

Promise Education Consultancy