भारी मतका साथ टोपबहादुर रायमाझी बिजयी

अर्घाखाँची,२५ मंसिर । नेकपा माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझी ५० हजार ८ सय ३७ सहीत भारी मत सहित प्रतिनिधी सभा सदस्यमा बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नेता डा। रामबहादुर बिसीलले ३२ हजार ५ सय ४४ मत लिएर पराजित हुनुभएको हो । नेता रायमाझीले डा। बिसीलाई १८ हजार २ सय ९२ को भारी मतले पराजित गर्नुभएको हो । नेता रायमाझी सुरु देखिनै डा। बिसीलाई पछाडी पार्दै लिड गरिरहनुभएको थियो ।
रायमाझी २०६४, २०७० सालमा पनि अर्घाखाँची क्षेत्र नम्बर १ बाट बिजयी हुनुभएको थियो । उहाँ पूर्व उपप्रधान मन्त्री तथा उर्जा मन्त्री, भौतिक योजना तथा पूर्वाधार मन्त्री, स्थानीय विकास मन्त्री, शान्ति तथा पुन निर्माण मन्त्री समेत हुनुभएको थियो ।

Promise Education Consultancy