विप्लवका पाँच सय नेता कार्यकर्ता छुटे

 

काठमाडौं, मंसिर २५ । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै देशभरीबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीका पाँच सय बढी नेता कायकर्र्तालाई चुनाव सकिए लगत्तै सरकारले रिहा गरेको छ ।

प्रहरीले करिब ६ सय १५ जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जसमध्ये करिब पाँच सय जनालाई चुनावपछि छुटेका हुन । सार्वजनिक अपराध मुद्दा चलाइएका अधिकांश नेता र कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका छन् ।

गम्भीर प्रकृतिको मुद्दा चलाइएकाहरु थुनामै छन् । नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेका अनुसार चुनावविरोधी गतिविधिमा संलग्नहरु केही थुनामै छन् भने केही छुटेका छन् ।

चुनावविरोधी हिंसात्मक घटना बढाउदै लगेपछि गृह मन्त्रालयले नेकपाका सबै नेता र कार्यकर्ताहरुलाई पक्राउ गरेर थुन्न निर्देशन दिएको थियो । चुनावभरी उनीहरुलाई थुनामै राख्ने सुरक्षा निकायहरुको रणनीति थियो । सोहीअनुसार चुनाव सकिएलगत्तै उनीहरु छुटेका हुन् ।

Promise Education Consultancy