समानुपातिक तर्फको मतगणना भोलि

चितवन, २५ मंसिर । चितवनमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाका समानुपातिक तर्फको मतगणना भोलि बिहान हुने भएको छ । प्रतिनिधी तथा प्रदेश सभाको जस्तै समानुपातिक तर्फको मतगणना भोलि बिहान १० वजे भरतपुरस्थित चितवन उच्च माविमा नै हुने मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।

मतगणना सुरु हुने समय भित्र उम्मेदवार तथा दलका प्रतिनिधिहरु उपस्थित हुनु पर्ने तथा प्रतिनिधिहरु उपस्थित नभए पनि मतगणना तोकिएको समयमा नै हुने उहाँले बताउनु भयो ।

Promise Education Consultancy