प्रचण्डलाई बिक्रम पाण्डेको माला र शुभकामना

चितवन, २५ मंसिर । चितवन–३ मा पराजित राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री बिक्रम पाण्डेले विजयी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।

प्रचण्डको विजयको औपचारिक घोषणा भएपछि सुरु भएको विजय जुलुशमा पुगेर पाण्डेले बधाई दिएका हुन् ।

पराजित पाण्डेले प्रचण्डलाई आफूले लगेको फूलको माला लगाइदिएका थिए ।

Promise Education Consultancy