दुःखकैवीच थोरै खुसी बाँड्यो प्रचण्ड परिवारले ! (फोटो फिचर)

चितवन, २५ चितवन । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका छन् । जित हाँसिल गरेलगत्तै प्रचण्ड परिवारले खुसी साटेका छन् । चुनावकै माहोलका बीचमा पुत्र प्रकाशको देहान्तले पीडामा परेको सो परिवार तंग्रिन सकेको छैन ।

Image may contain: 4 people

तैपनि प्रचण्डको जितलगत्तै परिवारका अधिकांश परिवार एकैठाउँमा जुटेको तस्वीर रेणु दाहालले सार्वजनिक गरेकी छन् । नातीलाई अगाडी राखेर तस्वीरको पोज दिएका प्रचण्ड र पत्नी सिता दाहालसँगै छोरी रेणु दाहाल पनि सँगै रहेकी छन् ।

सीताका अनुहारमा अझै खुसीको निखार आएको देखिदैन । लाग्छ, विजयको खुसी साटासाटको त्यो जमघटमा प्रकाश नहुँदा तस्वीरनै फिका जस्तो देखिन्छ ।

Image may contain: 4 people, people standing

Promise Education Consultancy