सरकार गठन अघिनै पार्टी एकिकरण : प्रचण्ड

चितवन, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघिनै नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने बताएका छन् । चितवन क्षेत्र न ३ बाट आज निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले सरकार गठन अघिनै पार्टी एकिकरण हुने बताएका हुन् ।

उनले प्राविधिक कारण वस पार्टी एकता ढिला हुने अवस्था आए सरकार र गठन संगसंगै एकिकरणलाई अघि बढाउने बताए । अध्यक्ष प्रचण्डले राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई ९ हजार ३२७ मतले पराजित गरेका हुन् । प्रचण्डले ४८ हजार २ सय ९ मत प्राप्त गरे भने पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याए । उनका प्रतिद्धन्द्धी पाण्डेले ३८ हजार ९४२ मत प्राप्त गरे ।

Promise Education Consultancy