चितवनमा बामको क्लिनस्विप , चितवन ३ मा भारी मतले प्रचण्ड विजयी

चितवन, २५ मंसिर । चितवनमा बामगठबन्धनले किलनस्विप गरेका छन् ।  चितवनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतले विजयी भएपछि चितवनमा बामगठबन्धनले क्लिनस्विप गरेका हुन् । ।भरखसै सकिएको मतगणनाको परिणामअनुसार प्रचण्डले प्रमुख प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले पराजित गरेका हुन् ।

प्रचण्डले ४८ हजार २ सय ९ मत प्राप्त गरे भने पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याए । यससँगै चितवनका तीनवटै प्रतिनिधिसभाका निर्वाचनको मतपरिणाम आएको छ ।तीनवटै क्षेत्रमा वामपन्थी गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

यसैबीच प्रदेशसभामा पनि बामगठबन्धनको सबै उम्मेद्वार विजयी भएका छन् ।