परिवारीक भ्रमणमा रहेका प्रचण्डले पटिहानीको विकासका लागि वडा अध्यक्ष महतोसंग छलफल गरे

चितवन, २५ मंसिर । निर्वाचनको खटाईपछि आराम गर्न सुटुक्क पारिवारिक भ्रमणमा पटीहानीमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटीहानीको विकास बारे छलफल गरेका छन् । क्षेत्र न ३ को प्रतिनिधिसभा सदस्य उम्मेद्वार समेत रहेका प्रचण्डले भरतपुर महानगरपालीका वडा न २२ का अध्यक्ष विष्णुराज महतोसंग पर्यटकीय नगरी पटिहानीको विकासका बारे छलफल गरेका हुन् ।

नेपालको ग्रामीण पर्यटकीय ठाउहरुमा पारिवारिक भ्रमण गर्न रुचाउने प्रचण्डले वडा अध्यक्ष महतोलाई आफै फोन गरेर आफु बसेको जंगल भिल्लामा बोलाएर छलफल गरेका हुन् ।  उनले वडा अध्यक्षलाई फोनमा भन विष्णु जि मेरो भ्रमण नितान्त पारिवारिक हो तर पनि तपाई आउनुस् पटिहानीको पर्यटनको विषयमा छलफल गरौं । प्रचण्डको निम्तो पाएपछि वडा अध्यक्ष महतो जंगल भिल्ला रिसोर्ट पुगे । परिवार बाहेक बाहिरी ब्यक्ति कोहि नदेखेपछि महतोले आफुलाई परिवार भित्र कै सदस्य जस्तो मानेर भएको भन्दै धन्यवाद ज्ञापन गरे ।

Image may contain: 1 person, smiling, standing, outdoor and nature

भरतपुर महानगरपालिकाकि मेयर प्रचण्ड पुत्री रेणु दाहाल पनि साथमै भएको बेला प्रचण्डले भने  “ सन्तुष्टिको आधार हामी संग र समृद्धको आधार पनि हामीसँगै छ । अब हामी पटिहानीको सुन्दरताको सन्तुष्टिमा गर्व गर्नु भन्दा पनि समृद्धको आधारमा अगाडि बढ्नु पर्छ । आर्थिक सामाजिक रुपान्तरणमा ध्यान दिनु पर्छ ।यहाँको आर्थिक क्षेत्रलाई बलियो बनाउन पर्छ । त्यसका लागि पटिहानीको पर्यटन क्षेत्र नै प्रमुख आधार हो र यसलाई चितवनकै नमुना बनाउनु महानगरपालिका र यहाको वडाले समन्वय गर्न महतोलाई प्रचण्डले आग्रह गरे । प्रचण्डले भने भयो “ पटिहानीको पर्यटकीय गन्तव्यहरुको पूर्वाधार विकास र यस वरपरका बासिन्दाको जीवनस्तर उठाउने योजना सार्दा गाउँ, नगरको दीर्घकालिन विकास अगाडि बढ्छ ।समृद्धि हाम्रै हातमा छ यसको जिम्मा तपाईंहरुको हो । पटिहानी भित्र र आसपासका टोल छिमेक नगर र गाउँमा रहेका धार्मिक ऐतिहासिक र प्राकृतिक सम्पदालाई अगाडि ल्याउन पहल गर्नुस् मेरो पुरा सहयोग पटिहानी विकासको लागि रहन्छ । प्रचण्डको कुरा सुनेपछि वडा अध्यक्ष महतोले यहाको पर्यटकीय सम्भावना र चुनौतीका बारेमा वृस्तितमा बताए ।महतोले भने भयो“ पटिहानी शान्त र रमणीय ठाउँ छ । अझै यसको विकासको लागि पूर्वाधार विकासमा जोड हामिले दिएका छौँ । प्राकृतिक कुरा संगै हामीले साँस्कृतिक पक्षलाई भुलेका छैनौं गर्न धेरै बाकी छ साथ र सहयोगको अपेक्षा छ ।

Image may contain: 3 people, tree, outdoor, nature and water
पटिहानीको बिकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिसकेपछि वडा अध्यक्ष महतो सहित प्रचण्ड परिवार निकुञ्ज, वेलशहर मध्यवर्ती सामुदायिक वनको अवलोकन भ्रमण, धनौजीको राप्तीमा डुङ्गा सयर, धनौजीको वडा कार्यालय,कमलपोखरी अवलोकन साथै वडा अध्यक्ष महतोको माछा पोखरीको अवलोकन गरे ।

Image may contain: 2 people, people sitting and indoor

Promise Education Consultancy