चितवन ३ ख प्रदेश सभा बाट बाम गठबन्धनका रामलाल महतो विजयी

चितवन, २५ मंसिर । चितवनको क्षेत्र नम्बर ३ ख बाट प्रदेश सभा बाम गठबन्धनका उम्मेदवार रामलाल महतो विजयी भएका छन । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका गठबन्धनका उम्मेदवार रामलाल महतोले २५ हजार ६१ मत प्राप्त गरि बिजय भएका हुन ।
उनले आफ्नो निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका उम्मेदवार साजन महतोलाई ९ हजार ११६ को भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
पराजित निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका उम्मेदवार साजन महतोले १५ हजार ९४५ मत प्राप्त दगरेका छन् ।