चितवनमा अन्र्तराष्ट्रिय पशुअधिकार दिवसको मनाईयो

चितवन, २४ मंसिर । चितवनमा पनि अन्र्तराष्ट्रिय पशुअधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ। आयोजक एनिमल राइट्स क्लबको आयोजनामा चौविस कोठी देखी-याली निकालिएको थियो । -याली चौविस कोठीमा आई कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै कार्यक्रम संयोजक सुराजन श्रेष्ठले अहिलेको समयमा पशुहरुको कल्याण अत्यन्तै आवश्यक विषय रहेको र खासगरी राँगा(भैँसी तथा कुखुरा जस्तो पशुहरुलाई ढुवानी गर्दा विशेष रुपमा पशु कल्याणका अवधारणा बारे ध्यान पुर्याउनु अत्यावश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै एनिमल राइट्स क्लबका अध्यक्ष कमल सुबेदीले पशु अधिकारसँग सम्बन्धित विषयलाई भावी दिनहरुमा उत्थान गर्दै लैजाने र सधैँ झैँ सकारात्मक परिवर्तनका लागि युवाहरुको भुमिका अत्यन्तै आवश्यक रहने बताउनुभयो  ।

एनिमल राइट्स क्लब विगत ६ वर्षदेखि पशु अधिकार तथा वन्यजन्तु संरक्षणका क्षेत्रहरुमा आवाज उठाउँदै आइरहेको संस्था हो ्र यसले पशु अधिकारको लागि आवाज उठाउने साथसाथै स्वयंसेवकहरुको उपस्थितिमा र अरु संघसंस्थाहरुको सहकार्यमा घाइते जनावरहरुको स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आइरहेको छ ्र

कार्यक्रममा ५० भन्दा धेरै युवा तथा संघ संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

Promise Education Consultancy