अविनाशका प्रतिद्धन्द्धी जीतनारायणले दिए बधाई (भिडियो)

चितवन, २४ मंसिर । नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ प्रदेश सभा (१) का उम्मेदवार रहनु भएका जितनारायण श्रेष्ठले मतदाताहरुलाई आभार प्रकट गर्नु भएको छ ।

लोकतन्त्रको सुन्दर पक्षनै जित हार भएको भन्दै उहाँले निर्वाचनको समयमा आफुलाई मत हालेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नु भएको हो ।

 

 

श्रेष्ठ द्धारा जारि बिज्ञप्तिमो निर्वाचनको समयमा जे जस्तो परिणाम आए पनि आँफु समृद्ध चितवनको अभियानमा अबिचलित रुपमा निरन्तर लागिरहने बताईएको छ ।

यो पराजयले आँफ्नो सामाजिक र राजनितिक यात्रामा अझै क्रियासिलता ल्याउने बताउँदै बिज्ञप्तिमा निर्वाचनमा आँफ्नै कमजोरिको कारण मत नपुगेको हुदा कोहि कसै संग कुनै गुनासो नरहेको बताईएको छ । निर्वाचनमा बिजयी हुनु हुने माओवादी केन्द्रका घनश्याम दाहाल(अबिनास) लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना समेत व्यक्त गरिएको छ ।

Promise Education Consultancy