ससुरासंग हारेका खनालले ज्वाईलाई हराए,पाँच वर्षमा १० काम गर्छु : खनाल (भिडियो)

धुर्वराज खनाल, मंसीर २४ गते । चितवन क्षेत्र नम्वर एकको प्रदेश सभा खबाट बाम गठवन्धनका कृष्णप्रसाद खनाल निर्वाचित भएका छन् । प्रदेश सभाको निर्वाचनको आईतवार भएको अन्तिम मतपरिणाम अनुसार खनाल ८ हजार ७२१ मतान्तरले विजयी भएका हुन् ।

खनालले कुल खसेको मत मध्ये २७ हजार २३२ मत प्राप्त गर्दा निकतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठवन्धनका उत्तम आचार्यले १८ हजार ५११ मत प्राप्त गरेका छन् ।

 

 

विं.सं. २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा खनाल साविक चितवन क्षेत्र नम्वर २ मा नेपाली काग्रेशका शेषनाथ अधिकारीसंग ९९९ मतले पराजीत भएका थिए ।

प्रदेश सभा निर्वाचनमा पराजीत आचार्य अधिकारीको नाताले ज्वाई पर्छन् । दोश्रो संविधान सभा निर्वाचनमा ससुरा अधिकारीसंग हारेका खनालले यस पटक भने ज्वाईलाई पराजीत गर्न सफल भएका हुन् ।

प्रदेश सभामा निर्वाचित भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै खनालले निर्वाचनमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरे । साथै खनालले निर्वाचनको प्रचार प्रसारका वेला मतदाता समक्ष जनाएका प्रतिवद्धता पुरा गर्ने वताए । उनले आफ्नो क्षेत्रमा मुख्यत १० वटा काम आगामी ५ वर्षमा गर्ने प्रतिवद्धता जनाएका छन् ।

विषेशगरी बाढीबाट प्रभावित रहेको रत्ननगर र खैरहनीलाई सुरक्षित वनाउन यस क्षेत्रका खोलाहरुमा स्थायी तटवन्ध गर्ने,चितवन निकुञ्जसंग जोडिएका वस्तीहरुमा क्रंकिट पर्खाल निर्माण गर्ने,रत्ननगर वकुलहर अस्पताललाई १ सय शैयाको विषेशज्ञसहितको अस्पतालको रुपमा स्तरोन्नती गर्ने,पूर्वी चितवनमा एक सय शैयाको वाल अस्पताल निर्माण गर्ने,टाँडी हुग्दी वैकल्पिक मार्ग निर्माण गर्ने,टिकौलीमा सिलान्यास भएर निर्माण हुन नसकेको क्षेत्रीय रंगशालालाई राष्ट्रियस्तरको निर्माण गर्ने लगायतका योजना रहेको वताए ।

त्यस्तै प्रमुख समस्याको रुपमा रहेको सुकुम्वासी समस्या समाधानका लागि कानुन निर्माण गरेर भुमिहिन सुकुम्वासीहरुलाई लाललपुर्जाको व्यवस्था गर्ने समेत निर्वाचित खनालले प्रतिवद्धता जनाएका छन्

Promise Education Consultancy