चितवन ३ मा प्रचण्डलाई ४९ सय मतको अग्रता

चितवन २४ मंसिर । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ मा ४९ सय ४५ मतको अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले २२ हजार १ सय ३ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले १७ हजार १ सय ५८ पाएका छन् ।