नवनिर्वाचित चितवन क्षेत्र २ (क) का अविनाश भन्छन् एकिकृत वस्ती निर्माण पहिलो प्रथामिकता (भिडियो)

चितवन, २४ मंसिर । चितवन क्षेत्र नं. २ प्रदेश क का विजयी घनश्याम दाहाल अविनाशले पहाडी क्षेत्रको विकास लागि छिरलिएर बसेको वस्तीलाई एकिकृत गर्ने बताएका छन् ।
विजयी पश्चात पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा उनले आफ्नो क्षेत्र पहाडी भेग भएकोले एकिकृत बस्ती र आर्थिक समृद्धिको मुद्धालाई प्राथमिकता दिएर विकास निर्माणमा अघि बढ्ने बताएका छन् ।
‘उनले भने पहाडी वेल्टको विकास लागि एकिकृ वस्ती विकास आवश्यक छ, जसले गर्दा बाटोघाटो विजुली पुराउन सकिन्छ ।’
उनले पहाडी क्षेत्रमा खोलानाला र बाटोघाटो कुल खुलेसो निर्माण देखि ठाउँ हेरेर पर्यटकीय विकास गर्ने आफ्नो मुख्य प्रथामिकता रहेको बताए ।
उनले शक्तिखोरको औद्योगिक क्षेत्रलाई छिटो भन्दा छिटो सञ्चालन वेरोजगारलाई रोजगारी दिने समेत बताए । साथै ३० बर्ष देखि लालपुर्जा बिहिनीलाई लाल पुर्जा दिने देखि पहाडी क्षेत्रमा व्यवसायी खालका जुनार, सुन्ताल र कागती खेती प्रर्वद्धन बताए । साथै सबै मिलेर चितवनलाई विकासको नमुना मोडल समेत बनाउनले उनको दावी थियो ।
साथै यो जीत आफ्नो मात्र नभई वामगठबन्धनको समेत भएको बताए ।
चितवन क्षेत्र न. २ को प्रदेशसभा ‘क’मा बाम गठबन्धनका घनश्याम दाहाल ‘अविनास’ विजयी भएका छन् ।
बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका अविनासले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेस चितवनका जिल्ला सभापती जितनारायण श्रेष्ठलाई ४ हजार ७१८ मताअन्तरले पराजित गरेका हुन ।
विजयी अविनासले २० हजार ३८१ मत प्राप्त गर्दा जित नारायण श्रेष्ठले १५६६३ मत ल्याएका छन् ।

Promise Education Consultancy