अविनाशलाई बधाई दिदै जीतनारायणले भने प्रदेश र चितवनलाई समृद्धी बनाउन सहकार्य गर्छु

चितवन २४ मसिर । चितवन क्षेत्र नं. २ क का उम्मेदवार जीतनारायण श्रेष्ठ आफ्नो पराजयलाई सहर्ष स्वीकार गरेको बताए छन् ।
अन्तिम नतिजासगैँ संक्षिप्त प्रतिक्रिया दिदै उनले लोकतान्त्रीक पद्धती अनुसार निर्वाचन सम्पन्न भएको भन्दै आफुले आफ्नो पराजयलाई सहर्ष स्वीकार गरेका हुन् ।
उनले समग्र चितवन र प्रदेशको समृद्धीक लागि आफु पराजय भएपनि सगैँ मिले र जाने समेत बताएका छन् । निर्वाचनमा गएपछि जित हारा हुन्छ उनले भने मैले त्यहि ढंगबाट लिएको छु ।
काग्रेस जिल्ला सभापति समेत रहेका श्रेष्ठले बाँकी समय संगठन बनाउन र यसले थप मजबुद बनाउदै आगामी निर्वाचनको तयारी गर्ने बताए ।
चितवनसहित देशैभरमा काग्रेस पराजय भएको स्वीकार गर्दै उनले आत्मसमिक्षा गर्दै काग्रेसलाई बलियो बनाउन तर्फ केन्द्रित हुने समेत बताए ।