चितवन २ प्रदेशसभा ‘क’बाट बाम गबन्धनको विजयी सुरुवात, को हुन् घनश्याम दाहाल ?(जिवनी सहित)

चितवन, २४ मंसिर । चितवन क्षेत्र न. २ को प्रदेशसभा ‘क’मा बाम गठबन्धनका घनश्याम दाहाल ‘अविनास’ विजयी भएका छन् ।
बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका अविनासले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेस चितवनका जिल्ला सभापती जितनारायण श्रेष्ठलाई ४ हजार ७१८ मताअन्तरले पराजित गरेका हुन ।
विजयी अविनासले २० हजार ३८१ मत प्राप्त गर्दा जित नारायण श्रेष्ठले १५६६३ मत ल्याएका छन् ।
विजयी पश्चात पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा उनले आफ्नो क्षेत्र पहाडी भेग भएकोले एकिकृत बस्ती र आर्थिक समृद्धिको मुद्धालाई प्राथमिकता दिएर विकास निर्माणमा अघि बढ्ने बताएका छन्

को हुन् घनश्याम दाहाल अविनास हेरौँ उनको संक्षिप्त जिवनी

नामःघनश्याम दाहाल(अविनाश)
जन्मः२०२१ साल पौष ५ गते साविकको कृस्तीनाप्ने चौर गाविस हालको पोखरा लेखनाथ,कास्की ।
वुबाःमुक्तिनाथ दाहाल,माताःगंगामाया दाहाल
स्कूल शिक्षा,वयली प्रावि ३ कक्षासम्म ।
२०३२ मा वुवाआमाको साथ लागेर चितवनको माडीमा वसाई सराई ।
एसएलसी माडी मावि माडीवाट ।
स्कूले जीवनमै क्रान्तिकारी र हक्की स्वभाव(स्कूलमै युवक संघमा आवद्ध )
२०४१ सालमा तत्कालिन मसालको पाटी सदस्य
२०४५ सालमा इलाका सदस्य ।
२०४७ मा पाटी एकता संयोजन समिति सदस्यमा आवद्ध भई एकता केन्द्रको इलाका सदस्य ।
२०४८ मा इलाका सेक्रेटरी
२०५१ मा नेकपा माओवादीको जिल्ला सदस्य ।
युद्धको समयमा स्याङजा,नवलपरासी,धादिङको कृष्णभीर लगायतका स्थानमा भएको लडाईमा व्यवस्थापकीय भूमिका ।
२०५५ तिर किसान संघ चितवनको जिल्ला अध्यक्ष ।
२०५९ साल साउनमा नवलपरासी जिल्लाको इन्चार्ज
२०६१ मा नेकपा माओवादीको चितवन इन्चार्ज ।
२०६२ को चुनवाङ वैठकपछि चितवनको सेक्रेटरीको जिम्मा ।
२०६४ को निर्वाचनमा सेक्रेटरीकै भूमिकामा रहदा पाटीलाई जिल्लामा अत्याधिक मत सहित सवै नेता जिताउन सफल । २०६२ देखि ०६४ को भूमिका जिल्लामा अत्यन्त सफल ।
युद्धकालिन समयमा पटक पटक तत्कालिन सेनाको मुखमा परेर पनि वाच्न सफल ।