रुपन्देहीबाट एमालेका बिष्णु पौडेलको ह्याट्रीक

रुपन्देही २४ मंसिर । एमाले नेता बिष्णु पौडेल रुपन्देहीबाट तिनपटक निर्बाचित हुदै ह्याट्रीक पूरा गरेका छन् । रुपन्देहीको क्षेत्र नं २, प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार रहेका उनले ४४ हजार ३ मत ल्याई विजयी भए ।

निकतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठवन्धनका उम्मेदवार युवराज गिरीलाई २२ हजार ६६ मतान्तरले पराजित गरे । नेपाली काग्रेसका नेता युवराज गिरीले २१ हजार ९ सय ३७ मत प्राप्त गरे ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका एमाले उपमहासचिव पौडेल २०६४ र २०७० को संबिधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा गरि लगातार निर्वाचित भए ।

दुई-दुई पटक निर्वाचन जितेपछि पौडेलले यसअघि जलस्रोत, रक्षा र अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै गरि प्रदेश सभा १ एमालेका लिला गिरिले २१७३४ ल्याउंदा कांग्रेसका काजिमान श्रेष्ठले ९७७८ मत पाए ।

प्रदेश सभा २ मा एमालेका भोज प्रसाद श्रेष्ठ बिजयी भए उनले २११३७ मत ल्याए । कांग्रेसका महेश मान सिहंले १२५६८ मात्रै पाए । मतपरिणाम घोषणा पछि आजै बुटवलमा बिजय र्याली निकाल्ने तयारी थालिएको छ ।

Promise Education Consultancy