टीकापुर काण्डका आरोपी रेशम चौधरीले गरे कमाल,चार गुणना मतान्तर

कैलाली, मंसिर २३ । कैलाली क्षेत्र नं १ मा राजपाका उम्मेदवार रेशम चौधरी चौब्बर मत अन्तरले अगाडि रहेका छन् । उनीले वाम गठबन्धनका एमाले उम्मेदवार गरिमा शाहलाई ठूलो मत अन्तरले पछि पारेका हुन ।

चौधरीले ४५६९ मत प्राप्त गरेका छन् भने शाहले १०९३ मत ल्याएर उनलाई पछ्यार्इ रहेकी छन । चौधरी शाह भन्दा ३४ सय ७६ मतले अगाडि रहेका छन ।

चौधरीमाथि टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार भएको आरोप छ । र उनी घटना पछि भारतमा बस्दै आएको थिए । चौधरीलाई शेरबहादुर देउवा प्रधानमन्त्री भएपछिको मन्त्रिपरिषदको पहिलो बैठकले एक करोड ७६ लाख रुपैयाँ क्षतिपूर्ती स्वरुप दिने निर्णय गरेको थियो ।

टीकापुर काण्डमा एक नाबालक र जनपद प्रहरीका वरिष्ठ अधिकृतसहित आठ जनाको हत्या भएको थियो ।

क्षेत्र नम्बर १
१ रेशम चौधरी, राजपा- ४५६९
२ गरिमा शाह,  एमाले  -१०९३

क्षेत्र नम्बर २
१ झपट रावल, एमाले- १०७३
२ मोहनसिंह राठौर,  काँग्रेस – ५४०

क्षेत्र नम्बर ३
१ गौरीशंकर चौधरी माओवादी केन्द्र- ५०३३
२ रामजनम चौधरी काँग्रेस- ४०५१

क्षेत्र नम्बर ४
१ लेखराज भट्ट माओवादी केन्द्र- १०३९०
२ शुनिल भण्डारी काँग्रेस- ६४४६

क्षेत्र नम्बर ५
१ नारदमुनि रानाएमाले- १२८२३
२ डा आरजु राणाऽकाङ्ग्रेस- ११९५७
३ लक्ष्मण चौधरी राजपा- ४७२८
४ दिनेशराज भण्डारी तराजु- १३६८

Promise Education Consultancy