नवलपुर तेकवान्दोमा कसुम सुवेदी

गैंडाकोट, २३ मंसिर । राष्ट्रिय तेकवान्दो संघ नेपालले नवलपुर शाखा स्थापना गरेको छ । ७७औँ जिल्लाको रुपमा स्थापना भएको जिल्लामा स्वायत्त संगठनको रुपमा शनिबार राष्ट्रिय तेकवान्दो संघ नवलपुर शाखा स्थापना भएको हो । पहिलो जिल्ला अधिवेशनले कुसुम सुवेदीको अध्यक्षतामा नौ सदस्यीय नवलपुर जिल्ला समिति गठन गरेको हो । संघको उपाध्यक्षमा ईन्द्र बहादुर राना, सचिवमा हरि थापा, कोषाध्यक्षमा गोपाल परियार र सहसचिवमा साजन तामाङ निर्विरोध निर्वाचित भएका छन् । पहिलो अधिवेशनका क्रममा प्रमुख अतिथि राष्ट्रिय तेकवान्दो संघका महासचिव राजकुमार कार्कीले खेलकुदको विकासको लागि जिल्लाका हरेक व्यक्तिको भुमिका आवश्यक रहेको बताएका छन् । राष्ट्रको लागि खेलकुदको विकास आवश्यक रहेकाले खेल क्षेत्र उकास्न सबैको मद्दत आवश्यक रहेको कार्कीको भनाइ छ । कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले खेलकुदको विकासका लागि नगरपालिकाले विभिन्न स्थानमा रंगशाला निर्माणको काम भइरहेको बताए । उक्त कार्यक्रममा राष्ट्रिय तेकवान्दो संघ जिल्ला शाखा चितवनका अध्यक्ष विकास श्रेष्ठले खेलाडीहरुले समान अधिकार पाउनुपर्ने बताए । मंसिर १५ गते कुसुम सुवेदीको संयोजकत्वमा १५ सदस्यीय अधिवेशन आयोग समिति गठन गरिएको थियो ।

Promise Education Consultancy