झापामा वाम गठबन्धन सबैमा अगाडी, केपी ओलीलाई दोब्बर मत

झापा, २३ मंसिर । झापाका सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ ।झापा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस उम्मेदवारभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

ताजा मतपरिणाम अनुसार ओली ६ हजार बढी मतले नेपाली कांग्रेसका खगेन्द्र अधिकारी भन्दा अगाडि रहेका छन् ।ओलीले ११४६६ मत प्राप्त गरेका छन् भने उनलाई अधिकारीले ५१०५ मत ल्याएर पछ्याई रहेका छन् ।

त्यस्तै झापा १ मा माओवादीका सुरेन्द्रकुमार कार्कीले करिब पाँच सय मतान्तरले अगाडि रहेका छन् । कार्कीले ११०४७ मत प्राप्त गरी अगाडि छन्् भने उनलाई कांग्रेसका विश्वप्रकाश शर्माले १०२६५ मत ल्याएर पछ्रयाई रहेका छन् ।

क्षेत्र न २ मा एमालेकी पवित्रा निरौला २ हजार ९ सय २४ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका उद्वव थापाको १ हजार ९ सय ५१ मत सहित पछ्याई रहेका छन् ।

झापा ३ मा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन ९ हजार ५ सय ५छ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई वाम गठवन्धनले सहयोग गरेको छ । कांग्रेसका कृष्णप्रसाद सिटौलाको ७ हजार १ सय ५८ मत छ ।

झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा लिम्वु १२ हजार ७ सय ४२ मत सहित अगाडि छन् । भने कांग्रेसका देउकुमार थेवेको ७ हजार ७ सय ७५ मतसहित पछ्याई रहेका छन् ।

Promise Education Consultancy