धादिङको सबै स्थानमा वामगठवन्धनका उम्मेदवारहरु विजयी

चितवन,२३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभामा धादिङ जिल्लाको सबै स्थानमा वामगठवन्धनका उम्मेदवारहरु विजयी भएका छन । वाम उम्मेदवारहरुले तेश्रो पटक धादिङ जिल्लाको सबै क्षेत्रमा विजयको झण्डा फहराएका हुन । यस अघि २०६४ को संविधान सभामा तत्कालिन माओवादीले जिल्लाको ३ वटै क्षेत्रमा जितेको थियो भने २०७० मा नेकपा एमालेले ३ वटै क्षेत्रमा जितेको थियो । यस पटक वामगठन्धनको तर्फबाट २ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यहरुमा विजयी भएका छन । प्रतिनिधि सभा क्षेत्र नम्बर १ का भुमि त्रिपाठी, क्षेत्र नम्बर २ का खेमप्रसाद लोहनी, क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट राजेन्द्रप्रसाद पाण्डे, २ बाट शालिकराम जमकट्टेल, क्षेत्र नम्बर २ को १ बाट डाक्टर रामकुमार अधिकारी, २ बाट जगत सिम्खडा विजयी हुनु भएको छ । जनमतको कदर गर्दै धादिङ जिल्लालाई नमुना जिल्ला बनाउन तपाईहरु सबै सफल हुनुहोस । हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

Promise Education Consultancy