प्रचण्डले लिए अग्रता

चितवन, २२ मंसिर । चितवनको क्षेत्र नं ३ प्रतिनिधि सभाको जारी मतगणनामा पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अग्रता लिएका छन् । । उनी अहिले प्रतिद्वन्द्वी राप्रपा नेता बिक्रम पाण्डे भन्दा २९ मतले अगाडि छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा निकै चर्चा बटुलेको चितवनको क्षेत्र नं। ३ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड प्रतिद्वन्द्वी राप्रपा नेता तथा बन मन्त्री बिक्रम पाण्डे भन्दा पछाडि परेको खबरले धेरैलाई झस्काएको थियो ।

अन्य जिल्लाहरुमा हेभिवेट नेताहरुले शुरुआती चरणमा नै फराकिलो अग्रता लिइरहेको समाचार प्रकाशित भएको बेला प्रचण्डका बारेमा सार्वजनिक भएको समाचारले वाम समर्थकहरु चिन्तित हुनु स्वभाविकै थियो ।

तर, चितवन क्षेत्र नं। ३ को चुनावी समीकरण हेर्दा भने यो स्वभाविक नै थियो । यसलाई संयोग नै भनौं, शुरुआती मतगणना नै राप्रपा र नेपाली कांग्रेसको बलियो प्रभाव भएका क्षेत्रबाट गरिएको थियो ।

दिउँसो दुई बजेदेखिको मतगणना माडी नगरपालिकाको वडा नं। १ को सेरुवा मतदान केन्द्र र भरतपुरको गीतानगर मतदान केन्द्रका मतपत्रहरुको गरिएको थियो । संयोग भनौं, यी दुबै मतदान केन्द्र लोकतान्त्रिक गठबन्धनको सबैभन्दा बढी प्रभाव भएको क्षेत्र मानिन्छन् । गीतानगर क्षेत्र नेपाली कांग्रेसका प्रदेशतर्फका उम्मेदवार दिनेश कोइरालाको क्षेत्र हो । माडीको सेरुवा राप्रपा र कांग्रेसले स्थानीय तहमा समेत उल्लेख्य मत पाएको क्षेत्र हो ।

तर सुरुआती मतान्तर भने पाण्डेका पक्षमा जान सकेन । सुरुआतमा दुई सय बढीको अन्तर देखिएपनि १८ सय ३९ मत गणना हुँदासम्म पाण्डे ५८ मतले मात्रै अगाडि थिए । अहिले भने प्रचण्डले अग्रता लिएका छन् । तर बाँदरझुलाको मत गणना हुँदासम्म अग्रता पाण्डेकै पक्षमा रहन सक्छ । त्यसपछि भने प्रचण्डले अग्रता लिने माओवादी केन्द्रका नेताहरुको दावी छ।

Promise Education Consultancy