रोचक बन्दै प्रचण्ड र पाण्डेको प्रतिष्पर्धा, पाण्डे ५८ मतले अघि

चितवन, २२ मंसिर । यतीबेला सर्वाधिक चासोको रुपमा हेरिएको चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेले पछि पारेका छन् ।
लोकतान्त्रिक गठबन्नधका उम्मेद्वार पाण्डेले बाम गठबनधनका उम्मेद्वार प्रचण्डलाई ५८ मतले पछि पारेका हुन् । उनले ८ सय ९३ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८ सय ३५ मत प्राप्त गरेका छन् । अहिलेसम्म १८ सय ३९ मत गणना भैसकेको छ ।
अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रतालाई घटाउदैँ लगेका छन् ।

Promise Education Consultancy