गोरखा २ मा मतगणना स्थगित, मुचुल्काभन्दा बढी मतपत्र भेटिएको भन्दै विवाद (मत अपडेट सहित)

लीलाधर कोइराला

गोरखा  २२ मंसिर । गोरखा क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ। मतदात संख्या भन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न भई मतगणना राेकिएको हो। ७ सय ३६ मत खसेकाेमा ४४ मत बढी भेटिएको बताइएको छ। गाेरखा-२ चर्तुमाला मतदान केन्द्रमामा मुचुल्कामा उठाएभन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको हो।

गोरखाको पछिल्लो मत गणनाको परिणाम भने यस्तो छः

गाेरखा १

प्रतिनिधिसभा

माओवादी केन्द्र- हरीराज अधिकारी- ७२०६

नेपाली कांग्रेस – चिनकाजी श्रेष्ठ- ६५६४

प्रदेशसभा (क)

नेपाली कांग्रेस –  धिरन थापा- ४४७२

माओवादी केन्द्र- लेखबहादुर थापा मगर- ५७२४

प्रदेशसभा (ख)

रामशरण राजेन्द्र ३७८७

एमाले –  रामशरण बस्नेत- ५७१३

नेपाली कांग्रेस –  राजेन्द्र बजगाइ- ३७८७

गोरखा २

प्रतिनिधिसभा

नयाँ शक्ति – डा बावुराम भट्ररार्इ – ११३३९

माओवादी केन्द्र- नारायणकाजी श्रेष्ठ- ९७४९

प्रदेशसभा (क)

नयाँ शक्ति –  हरिरशण आर्चाय- ५६०३

माओवादी केन्द्र – कमला नहर्की- ५५५३

प्रदेशसभा (ख)

नेपाली कांग्रेस-  प्रकाशचन्द्र दवाडी-  ६६५२

माओवादी केन्द्र- अमरबहादुर तमु – ५२२३

Promise Education Consultancy