चितवन क्षेत्र नम्बर २ को प्रदेश ख मा वामको अग्रता

चितवन, २२ मंसिर । चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ख को पहिलो चरणको प्रारम्भिक मतपरिणाम अनुसार वाम गठबन्धनका विजय सुवेदीले अग्रता लिएका छन् । प्रदेशसभा ख मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका नेता विजय सुवेदीले आठ सय १३ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका प्रकाश अधिकारीले तीन सय २६ मत प्राप्त गरेका छन् । त्यस्तै विवेकशील साझाका तर्फबाट उम्मेदवार बनेका रामचन्द्र तिमिल्सिनाले ६४ मत प्राप्त गरेका छन् । चितवन क्षेत्र नम्बर २ को प्रदेशसभा अन्तर्गत भरतपुर १२ मा रहेको मोहन माविको ‘क’ केन्द्र र बालकुमारी मावि नारायणगढको ‘क’ केन्द्रको मतगणना भइरहेको छ । चितवन क्षेत्र नम्बर २ को ख प्रदेशको एक हजार दुई सय ८६ मतगणना हुँदा १८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए ।

Promise Education Consultancy