चितवन क्षेत्र न १ प्रतिनिधिसभाको मत गणना रोकियो

चितवन, २२ मंसिर । चिवन क्षेत्र न १ को प्रतिनिधिसभाको मतगणना रोकिएको छ। मतगणनामा चितवन क्षेत्र न १ का निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले खैरहनी र गोटेश्वरको मतगाणना भईरहदाँ मतपत्रमा स्वस्तिक छापको विषयलाई लिएर मत बदर गरेपछि कांग्रेस उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले अदालत जाने भन्दै मतगणना बहिस्कार गर्ने बताएपछि रोकिएको हो ।
मतपत्रको विषयमा विावद भएपछि निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले आफ्नो निर्णय नै अन्तिम हुने बताएपछि मतगणना कार्य बहिस्कार गरेको कांग्रेस उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले सौराहा अनलाईनलाई जानकारी दिए । आफु न्यायका लागि अदालत जाने बुर्लाकोटीले बताए ।

Promise Education Consultancy