यी हुन् विजयी बागी उम्मेद्वार

हुम्ला,२२ मंसिर । प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका छक्कबहादुर लामा विजयी भएका छन् ।
लामाले ८ हजार ४ सय ९१ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका मंगल बहादुर शाहीले ४ हजार ४ सय ४४ मत प्राप्त गरेर दोस्रो भएपनि माओवादी केन्द्रका आधिकारिक उम्मेदवार छिमी दोर्जे लामा तेस्रो भएका छन् ।
बागी उम्मेदवारी दिएको भन्दै माकेले लामालाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको थियो ।

Promise Education Consultancy