चितवनमा मतगणना सुरु

चितवन, २२ मंसिर । चितवनमा मतगण्ना सुरु भएको छ । दिउसो १ बजेर ४१ मिनेट जादाँ मतागणना सुरु गरिएको हो ।चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि शुरु गर्ने भनिएपनि तयारी नपुगेकोले केही मतगण्ना कार्य ढिला सुरु भएको चितवनका मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयसँग बिहीबार साँझ बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको थियो । तर चितवनको पहाडी क्षेत्रका मतपेटिका आउन राति अबेरसम्म लागेको थियो । यसपटक भरतपुरस्थित चितवन माविको भवनमा मतगणना सुरु गरिएको छ ।
मतगणनास्थल भरतपुरको चितवन माविमा आवश्यक सिसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्था गरिएको छ।

तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता रहेको चितवनमा करिब ७० प्रतिशत मतदान भएको छ।

Promise Education Consultancy