नवलपरासी पश्चिमको बिहान ११ बजेबाट मतगणना गरिने

नवलपरासी, २२ मंसिर  ।  नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम क्षेत्रको आज बिहान ११ बजेबाट मतगणनाको प्रकृया शुरु हुदैछ । मतगणना अघि दलहरुको बैठक गरी सहमती अनुसार बिहान ११ बजेबाट मतगणनाको प्रकृया शुरु गर्न लागीएको नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिनभयो । नवलपरासी – ( बर्दघाट सुस्ता )पश्चिम क्षेत्र मतगणना सदरमुकाम परासी स्थित आर्दश मा.वि.मा गरिने तयारी गरिएको छ । यसैबिच नवलपरासी ( बर्दघाट सुस्ता ) पूर्व क्षेत्रको मतगणना आज साझ ४ बजेबाट मात्र शुरु हुदैछ । पहाडी क्षेत्रबाट अझै पनि मतपेटीका आउन वाकी रहेकाले सांझ ४ बजेबाट मतगणना गरिने तयारी गरिएको नवलपरासी – (बर्दघाट सुस्ता ) पुर्व क्षेत्रका मुख्य निर्वाचन अधिकृत बाबुराम सुबेदीले जानकारी दिनुभयो । सुरक्षाको दृष्टिकोणले पहाडी क्षेत्रका केही मतपेटीका आउन वाकी रहेको छ । आज दिउसो २ बजेसम्म मतपेटीका ल्याएर शिब मा.वि. कावासोतीमा मतगणना गर्ने तयारी गरिएको छ ।

नवलपरासीमा प्रतिनिधी सभा तर्फ ४ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ८ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नं. चार नवलपरासी – बर्दघाट सुस्ता ) पुर्व र प्रदेश नं. पाँच नवलपरासी – ( बर्दघाट सुस्ता ) पश्चिम गरी दुई जिल्लामा बिभाजीत नवलपरासीमा कुलचार लाख २९ हजार ९५१ जना मतदाता रहेका छन् ।

Promise Education Consultancy