चितवनमा मतगणनास्थलमा १२ ओटा समुह बनाएर मतगणना गरिने

 

चितवन, २१ मंसिर । मतगणनास्थलमा १२ ओटा समुह बनाएर मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले वताएका छन् । चितवनमा निर्वाचन प्रतिनिधि सभाका ३ ओटा र प्रदेश सभाका ६ ओटा क्षेत्रहरु रहेका छन् ।

३ ओटा निर्वाचन क्षेत्रहरु मध्ये एउटा निर्वाचन क्षेत्रमा दुई सिफ्टमा ४ ओटा मतगणकहरुको समुह रहने शर्माको भनाइ छ । यहांको व्यवस्थापन राम्रो र जनशक्ति आवश्यकता अनुसार परिपुर्ति भएकाले प्रत्यक्ष तर्फका मतपत्रहरुको ४ दिन भित्रमा मतगणना सम्पन्न हुने उनले जानकारी दिए । समानुपातिको मतगणनाको लागि ४ दिन लाग्ने वताउंदै शर्माले ८ दिनमा सम्पुर्ण मतगणना कार्य सम्पन्न गरिने वताए ।

मतगणनाका बेला सुरक्षाको भरपुर व्यवस्था हुने भन्दै शर्माले त्यसको चिन्ता नलिन आग्रह गरेका छन् । यस पटकको मतगणना छिटो र शान्त वातावरणमा सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

स्थानिय तहको निर्वाचनका बेला चितवनबाट नै मतगणनामा तारजाली प्रयोगको सुरुवात भएको स्मरण गर्दै उनले सौहार्द वातावरण एवं सुधारका लागि मतगणनामा तारजालीको प्रयोग हटाइने उनले जानकारी दिए । मतगणनामा तारजालीको प्रयोग गरि कारागार जस्तो नबनाइने उनको भनाइ छ ।

चितवनको मतगणनास्थल चितवन माविमा व्यवस्थापनका कामहरु सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले वताएका छन्् । मतगणनास्थलमा सरसफाइ, कार्पेट विछ्याउने, खानेपानि, विजुली लगायतका व्यवस्थापकीय काम भएको शर्माले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको समन्वयमा सुरक्षा व्यवस्थापनका कामहरु पनि भइरहको उनले वताए । समाचार संकलनका लागि आउने पत्रकारहरुलाइ टेण्टको पनि व्यवस्थापन गरिने उनले वताए ।

मतगणनास्थलको व्यवस्थापनमा बुधबार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, निर्वाचन अधिकारी लगायतको मतगणनास्थलमा उपस्थिति रहेको थियो ।

Promise Education Consultancy