डब्लुसिएल च्याम्पियनसिप : युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल [LIVE]

काठमाडौं, २० मंसिर ।  विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ। आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलीप नाथले नेपालको ओपनिङ गरिरहेका छन्।

 

नेपाली टिम : ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, शरद भेषावकर, पारस खड्का, आरिफ शेख, विनोद भन्डारी, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछाने र ललितसिंह भन्डारी ।

डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।

 

 

 

Promise Education Consultancy