प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

काठमाण्डौ, २० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा बिहीबार मतदान हुँदैछ ।

मतदानका लागि आवस्यक तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाका १ सय २८ निर्वाचन क्षेत्रका लागि मतदान गर्न मतदाता आतुर रहेका छन् । यस्तै २ सय ५६ प्रदेशसभाका क्षेत्रमा पनि बिहीबार नै मतदान हुने छ । यो निर्वाचनले आगामी पाँच वर्षका लागि मुलुकको भविष्य निर्माण गर्ने छ ।

विहान सात बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि निर्वाचन कार्यालयहरुले सबै तयारी पूरा गरेको जनाएका छन् । विहानैदेखि लाइनको व्यवस्था मिलाइने छ भने चार वटा मतसंकेतमा मतदान गर्दै तीन वटा मतपेटिकामा खसाल्नु पर्नेछ ।

Promise Education Consultancy